प्रहरीको गोलीबाट थप एक जनाको ज्यान गयो

वासिङ्टन डिसी, १८ । अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।

महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८.३० बजे अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ ।

वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति