क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

काठमाडौं, १८ भदौ । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक नहुँदा प्रशिक्षणमा बाधा पुगेकाले उक्त पदका लागि दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यसैगरी क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षकसमेत माग गरेको छ । क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागिसमेत दरखास्त आह्वान गरेको छ । क्यानले देशभर क्रिकेट खेलको विकास र विस्तार गर्न पहिलो पटक पत्येक प्रदेशमा प्रशिक्षक राख्ने यसअघि निर्णय गरेको थियो ।प्रशिक्षणको अभावमा उनीहरुले खेल्ने मौका पाउन सकिरहेका थिएनन् । अब सबै प्रदेश र जिल्लाामा क्रिकेट खेलाडी उत्पादनमा मुख्य रुपमा जोड दिइने क्यान अध्यक्ष चन्दले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति