रातो मत्स्येन्द्रनाथको रथ तान्दा प्रहरी र स्थानीय युवाहरुबीच झडप

काठमाडौं, १८ भदौ । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको छ। प्रदर्शनकारीले प्रहरीलाई खेदेका छन्।

प्रहरीलाई खेदेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ। सुरक्षाकर्मीले भिड तितरवितर पार्न थालेको छ अहिले। पुल्चोकको मुल सडक यतिखेर ढुंगामुढाका कारण आन्दोलनस्थलका रुपमा परिणत भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति