भारतीय प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ, १८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए ।

मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको ट्वीटरले आइतबार नै पुष्टि गरेको रोयटर्सले जनाएको छ ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ट्वीटरले एकाउन्ट ह्याक भएकोबारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको खबरमा उल्लेख छ ।

यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board