आज मेघगर्जन र चट्याङसहित केही ठाउँमा ठूलो पानी पर्ने


काठमाडौं, १८ भदौ । आज वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहेकोले अझै केही दिन मौसम नखुल्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । केही ठाउँमा मौसम खुल्ने बादल लाग्ने क्रम चलिरहे पनि अझै केही दिन मौसम नखुल्ने उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति