भारतले पबजीसहित थप ११८ एपमाथि प्रतिबन्ध लगायो


काठमाडौं, १७ भदौ । भारतले चीनमा विकसित एक सय १८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ, यसमा पबजी पनि सामेल छ ।

इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलको तर्फबाट जारी गरिएको बयानमा ती एप्सले भारतको सम्प्रभुता र अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएको बताइएको छ ।

मन्त्रालयको बयानमा भनिएको छ, यो कदमबाट भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुनेछ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुताको सुनिश्चित गर्ने मनसायबाट लिइएको हो ।

बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपोर्टमा एन्ड्रोइड र आईओएसमा उपलब्ध केही मोबाइल एप्सबाट प्रयोगकर्ताको डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेको सर्भरमा पठाइरहेको बताइएको थियो ।

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशको तनाव बढेको खबर आएलगत्तै भारतले चीनको थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जोडिएका ५९ एप्समा प्रतिबन्ध लगाएको थियो, त्यसमा टिकटक पनि सामेल थियो ।

पछिल्लो पटक ५९ चिनियाँ एप्स प्रतिबन्ध गर्ने निर्णय गलवान उपत्यकामा १५ जुलाईमा भारत–चीन सैनिकबीच भएको हिंसक झडपको केही दिनपछि लिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board