नेपालमा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । नेपालमा बितेको २४ घन्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ३२० महिला र ८०० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ। त्यस्तै, सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार अहिले देशभरि १८,१०८ सङ्क्रमित रहेका छन् । तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा रहेको सरकारको तथ्याङ्कले देखाएको छ ।

विगत २४ घण्टामा १११२ जना पीसीआर विधिबाट परीक्षण गर्दा कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू अर्थात् २३,२९० जना निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ६,७६६ जना छन्।

उपत्यकामा थप ३८८ जनामा संक्रमण
आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति