उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं, १७ भदौ । उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५०,जना ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा गौतमले जनाए ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति