भारत-चीन सीमाक्षेत्रमा झडप, एक भारतीय सैनिकको मृत्यु

काठमाडौं, १७ भदौ । भारत-चीन सीमाक्षेत्रमा शनिबार राति भएको झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको द गार्जियनले उल्लेख गरेको छ ।

पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् । स्रोतका अनुसार भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए । पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् । यो झडपमा भएको हताहतीको विषयमा भने दुई पक्षका देशले कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board