जापानी प्रधानमन्त्री आबेले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

काठमाडौं, १७ भदौ । जापानी प्रधानमन्त्री सिन्जो आबेले आगामी दिनमा नेपाल–जापान सम्बन्ध थप विकसित हुने बताएका छन्। बुधबार बिहान ट्वीट गर्दै आबेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका हुन । आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेका थिए।

उक्त समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरवालमा भनेका छन् । तपाईं बिरामी भएको सुनेर दु ख लाग्यो। प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु(स्वास्थ्यको कामना गर्दछु। तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल(जापान सम्बन्धमा धेरै फाइदा भएको छ।

उक्त ट्वीटलाई रिट्वीट गर्दै आबेले लेखेका छन्– तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली, नेपाल–जापानको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ।

६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। मैले जनताको लागि राम्रा निर्णय गर्न सकिनँ भने म प्रधानमन्त्री बन्न सक्दिनँ। मैले पदबाट राजीनामा दिने निर्णय गरिसकें उनले पत्रकार सम्मेलनमा भनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति