फेसबुकको चेतावनी : अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध

मेलबर्न १७ भदौ । फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ।

एक महिनाअगाडि अस्ट्रेलिया सरकारले फेसबुकलाई भुक्तानीको आदेश दिएपछि फेसबुकले यो चेतावनी दिएको सिएनएनले लेखेको छ।

नियामकहरुले फेसबुक र गूगलजस्ता ठूला प्रविधि कम्पनीहरुलाई समाचार प्रकाशकहरुको समाचार प्रयोग गरेबापत शुल्क तिराउन खोजिरहेका छन् । गत महीना गुगलले पनि अष्ट्रेलियाली प्रयोगकर्ताहरुमाझ निःशुल्क सर्च बन्द गराउने सर्च सेवा नाटकीय रुपमा खराब हुन सक्ने चेतावनी दिएको थियो ।

न्यूज शेयरिङ बन्द गर्ने फेसबुकको पछिल्लो कदमले नियामक र प्रविधि कम्पनीहरुबीचको द्वन्द्व बढाएको छ । प्रस्तावित विधेयक पारित भयो भने अष्ट्रेलियालीहरुको लागि फेसबुक र इन्ष्टाग्राममा न्यूज शेयरिङ सुविधा बन्द गर्ने कम्पनीले बताएको थियो ।

सामाजिक सञ्जाल र प्रविधि कम्पनीहरुका कारण समाचार गृहको विज्ञापन आम्दानीमा उच्च कमी आएकोले दुवैका लागि खेल स्थलसम्म बनाउन कन्टेन्ट प्रयोग गरेबापत भुक्तानी गर्नु पर्ने कानून ल्याउन खोजिएको हो ।

आफूहरुले प्रस्तावित विधेयक फेसबुक र गुगलको अष्ट्रेलियाली समाचार संस्थाहरुबीचको सम्बन्ध निष्पक्ष र पारदर्शी बनाउनका लागि ल्याउन लागेको अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग ‘एसीसीसी’ले बताएको छ ।

तर प्रस्तावित विधेयकले इन्टरनेटको गतिशिलतालाई गलत तरिकाले बुझेको र यसले सरकारले बचाउन खोजिरहेको समाचार संस्थाहरुलाई उल्टै हानी गर्ने एक ब्लगपोष्टमा फेसबुकका अष्ट्रेलिया तथा न्यूजील्याण्डका लागि प्रवन्ध निर्देशक विल इष्टनले बताएका छन् ।

समाचार प्रकाशकहरुले आफ्नो साइटमा आगन्तुकको संख्या बढाउन स्वेच्छिक रुपमा आफ्नो मञ्चमा राखेका समाचारका लागि शुल्क तिराउन कम्पनीलाई बाध्य बनाउन खोजिएको तर्क इष्टनको छ । न्यूज शेयर बन्द गर्नु कम्पनीको लागि पहिलो नभएर अन्तिम विकल्प भएकोमा समेत उनले जोड दिएका छन् । यसबाट परिवारका सदस्य र साथीभाईहरुसँग जोडिने सेवा भने प्रभावित नहुने बताइएको छ । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board