सामसुङका साहुको किर्ते धन्दा,तोकियो पाँच बर्ष जेल सजाय

काठमाडौं, १७ भदौ  । दक्षिण कोरियाली व्यापारिक घराना सामसुङका उत्तराधिकारी लि जेई–योङमाथि नयाँ अभियोग लागेको छ । सन् २०१५ मा कम्पनीले गरेको मर्जर सम्झौतामा उनको भूमिकाबारे उनीमाथि ताजा अभियोग लागेको हो । 

दक्षिण कोरियाका अभियोजनकर्ताहरुले ५२ वर्षिय लि माथि सामसुङ ग्रुपमा नियन्त्रण गर्न शेयर र लेखांकन घोटाला प्रयोग गरेको आरोप लगाएका छन् । तर लिले भने यस आरोपको खण्डन गर्दै आएका छन् । 

सन् २०१७ मा घूस दिएको अभियोगमा दोषी पाइएपछि लिलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो । तर पछि सो सजाय स्थगित गरिएको थियो । नयाँ अभियोगमा पनि उनी जेलमा बस्ने सम्भावना भने कम रहेको छ ।

सन् २०१५ मा सामसुङका दुई व्यवसाय सामसुङ सीएण्डटी र चेल इन्डष्ट्रिजको विवादास्पद मर्जरबारे जुनमा अभियोजनकर्ताहरुले दोस्रो पटक लिलाई पक्राउ गर्न खोजेका थिए । यही मर्जर काण्डमा सन् २०१७ मा दक्षिण कोरियाकी तत्कालीन राष्ट्रपति पार्क ग्यून–हेईले राजिनामा दिनु परेको थियो । 

पार्कको साथी चोई सुन–सिलले सञ्चालन गरेको २ गैर नाफामुलक संस्थालाई सामसुङबाट ४३ अर्ब वन (३ करोड ५७ लाख अमेरिकी डलर) दिएको आरोपमा लिलाई दोषी पाइएको थियो । सो सम्झौताका लागि दक्षिण कोरियाको राज्य नियन्त्रित राष्ट्रिय पेन्सन कोष र पूर्व राष्ट्रपति पार्कको मद्दत खोजिएको आरोप छ । 

यही सम्झौताले लिलाई सामसुङ गु्रपको प्रमुख बन्ने बाटो खुलेको बताइएको छ । लिमाथि घूस दिएको, अपचलन गरेको, विदेशमा सम्पत्ति लुकाएको र झुटो बोलेको अभियोगमा दोषी पाइएपछि उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । 

तर ६ महीनापछि सो सजाय आधा घटाइयो । अन्तत : सोल उच्च अदालतले जेल सजाय नै निलम्बन गरिदियो । त्यति बेला भने लिले आफू माथि लागेको अभियोगको खण्डन गरेका थिए । 

आफूले दान दिएको स्वीकार गरेपनि यसको बदलामा आफूले केही पनि नचाहेको उनको भनाइ थियो । लि सामसुङ ग्रुपका अध्यक्ष लि कु–हीका छोरा र सामसुङका संस्थापक लि बायुङ–चुलका नाती हुन् । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board