भैरहवामा कोरोना संक्रमित एक जना महिलाको मृत्यु

काठमाडौं, १७ भदौ । रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भैरहवा स्थित भीम अस्पतालमा उपचाररत् पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो। मृतक महिलामा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो। भिम अस्पतालमा सोमबार देखि आईसियु संचालनमा आएकोले उनलाई आईसियूमै राखी उपचार गरिरहेकोमा मंगलबार राती मृत्यु भएको शाहले जानकारी दिए। अहिले भीम अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ४ जना आईसियूमा रहेका छन् भने १७ जना सामान्य कोभिड आइसोलेशन उपचाररत् छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति