उपत्यकाको निषेधाज्ञा सकिंदै, संक्रमण बढ्दै गएकाले थप कडाइ गर्न सुझाव

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि सकिंदै छ । तर अब के गर्ने भन्ने बारे निर्णय भइसकेको छैन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको छ । अब कसरी अगाडी बढ्ने भन्ने विषयमा दिउँसो तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीच छलफल गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

बुधबार दिउँसोको बैठकले निर्णय गर्ने उनले बताए । हिजो भएको भर्चुअल बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्त गर्ने की भन्ने विषयमा छलफल भएको पनि उनले बताए । कतिपय विज्ञबाट निषेधाज्ञा केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएको बताए ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिंदै छ । यस अघि १२ गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर १७ गते राति १२ बजेसम्म पुर्याइएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board