विश्वमा १ करोड ८१ लाख ८५ हजार ९२५ जना कोरोना संक्रमित निको

काठमाडौं, १७ भदौ । विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ५ हजार ८५४ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार १७२ जनाको मृत्यु भएको छ । ३६ लाख ११ हजार ३१३ जना संक्रमित भएकोमा २० लाख ८६ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ९ हजार ५९९ पुगेको छ । त्यसमध्ये ४२ लाख ८५ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४४ हजार ८८ जनाको मृत्यु भएको छ । ७१ लाख ८८ हजार ५३१ जना संक्रमित भएकोमा ५७ लाख ६८ हजार १२१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४ हजार ५७३ जनाको मृत्यु भएको छ । ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार १०४ जनाको ज्यान गएको छ भने १२ लाख ६४ हजार ४१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६५६ जना संक्रमित भएकोमा २३ हजार ५८४ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board