नेपालमा थप १०६९ जनामा संक्रमण, ११ को मृत्यु

काठमाडौं, १६ भदौ । नेपालमा बितेको २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४८१ जनालाई कोरोना संक्रमण देखिएका छन् । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

यो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना घर फर्किएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

थप ११ जनाको मृत्यु
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यो अवधिमा विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले देशभरि १८,११२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,८३२ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,२८० जना घरमै छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू अर्थात् २२,१७८ जना निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ७,३९० जना छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board