केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुईजनाको सोमबार र एकजनाको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

मृत्यु भएकामध्ये एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ । उनको मेगा अस्पतालमा मृत्यु भएको हो । जेलर बाँस्कोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएसंगै अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो ।

मृत्यु हुने अन्य दुईमध्ये बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट अर्का मृतकको रिपोर्ट आइसकेको छैन । कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन । कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति