स्पेनिस ला-लिगाको नयाँ सिजनः अक्टोबरमा बार्सिलोना र रियलबीच भिडन्त हुने

काठमाडौं, १५ भदौ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२०–२१ को पहिलो एलक्लासिको अक्टोबरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार सिजनको पहिलो खेल दुई जायन्ट क्लब बार्सिलोना र रियल मड्रिडबीच २०२० को २५ अक्टोबरमा क्याम्प नोउमा हुनेछ ।

यस्तै रिटर्न लिग ११ अप्रिल २०२१ मा रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । ला लिगाको नयाँ सिजन दुई सातापछि अर्थात् यही १३ सेप्टेम्बरदेखि सुरु हुँदैछ । जसमा साविक विजेता रियलले पहिलो खेल गेटाफेसँग खेल्दै उपाधि रक्षा अभियान सुरु हुनेछ । यस्तै बार्सिलोनाले एल्चेसँग खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति