सिरहामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

लहान, १६ भदौ । कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो । उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति