उपत्यकाका तीन सिडिओ भर्चुअल मिटिङ बस्दै, के निषेधाज्ञा खुकुलो होला ?

काठमाडौँ, १६ भदौ । काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमण अत्यधिक बढेपछि उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाएका हुन् ।

कोरोना संक्रमण जोखिम बढेसँगै पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो । जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने भएका छन् । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् ।

निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका छन् ।

दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअको भनाई छ । यस पटको निषेधाज्ञा केही लचिलो हुने बताईएको छ । निषेध गरिएका केही क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे आज छलफल हुने एक प्रजिको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board