काठमाडौं, १६ भदौ । कोरोना संक्रमणका कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको ज्यान गएको छ । मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीय चालिसेलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।
COMMENTS