चीन भारतसंग सैन्य र शान्तिका लागि सधैं तयार रहनु पर्दछ – ग्लोवल टाइम्स

‘चिनले भारतको अवसरवादी कदमको दृढताकासाथ प्रत्याक्रमण गर्नु आवश्यक छ’ भन्ने शिर्षकमा चिनको पश्चिमि थिएटर कमाण्डको हवाला दिंदै ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेख्दछ – भारतीय सैनिकले सोमवार फेरि एकपटक अवैध रुपमा प्याङ्गोङ्ग ताल र रेकिन पर्वत नाकाको वास्तविक नियन्त्रण रेखा पार गरेर चिनको भौगोलिक अखण्डतामाथि आँच पुर्याएको र चिन भारत सिमामा शान्ति र स्थिरतालाई नजरअन्दाज गरेको आरोप लगाएको उल्लेख गरेको छ । यो घटना भारतले चिनलाई ‘उक्साउने सैन्य आन्दोलन’ सञ्चालन गरेको आरोप लगाएको एक दिन पछि घटेको बताउंदै सम्पादकीयले दबाउने भन्ने शव्दले भारतीय सेनालाई नै पहिलो बिनाशकारी कदम चालेको र यस पटक चिनिया गतिविधिलाई रोक्ने मनसायले सैन्य गतिविधि बढाएको उल्लेख गरेको छ ।


गत जुन महिनामा गल्वान उपत्यकामा भएको झडपमा भारतीय पक्षका २० सैनिकहरु मरेको उल्लेख गर्दै सम्पादीयले त्यस पछिका २ महिनामा भारतीय समाजमा चीन विरोधी जनमत हावी भएको बताएको छ । भारतले चिनमाथि आंशिक आर्थिक प्रतिबन्ध लगाएर आफ्नो हात चिनमाथि पार्ने उद्धेश्यले अमेरिकासंग सम्वाद अगाडि बढाएको र अमेरकाले पनि सार्वजनिकरुपमै नयां दिल्लाीको पक्षमा वकालत गरेकाले भारतलाई प्रोत्साहन मिलेको दावी सम्पादकीयको रहेको छ ।
हिजो झडप भएको प्याङ्गोङ्ग तालको दक्षिण तट चिनको नियन्त्रणमा रहेको भूभाग हो भन्दै भारतले नयाँ विवादित क्षेत्रको सृजना गरेको छ । यसलाई सौदावाजीको नयाँ चिप्सकारुपमा विकास गर्ने प्रयास गरेको छ भन्दै ग्लोवल टाइम्सको सम्पादकीयले स्पष्टरुपले भारतले सिमा क्षेत्रमा स्थिरता कायम गर्ने भन्द पनि आक्रामकरुपले प्रस्तुत हुने बाटो अवलम्बन गरेको दाबी गरेको छ । भारत यतिखेर कोरोना भाइरसले सृजना गरेको प्रतिकूल परिस्थितिसंग झुधिरहेको र यो महामारी भारतको नियन्त्रण भन्दा बाहिर गएको तथ्य त सोमवार एकै दिनमा विश्वमै सर्वाधिक ७८,००० भन्दा बढी संक्रमितहरुको संख्याले पुष्टि गरेको उल्लेख गर्दै सम्पादकीयले भातीय अर्थ व्यवस्था समेत मन्दीतर्फ धकेलिएको वर्तमान अवस्थमा सिमा विवाद भड्काएर सर्वसाधारणको ध्यान मोड्न खोजेको आरोप लगाएको छ । र यस्तो कार्य वाह्य रुपमा गुण्डागर्दी र आन्तरकि रुपमा राजनैतिक क्षुद्रता भएको दावी चीनको छ ।


सम्पादकीय अगाडि भन्दछ– तर यो उल्लेखनीय छ कि भारत शक्तिशाली चिनसंग सामना गरिरहेको छ र जनमुक्ति सेनासंग चिनको एक इञ्च भूभागको रक्षाका लागि आवश्यक प्रयाप्त सैन्य बल छ । चिनिया जनताले सरकारलाई साथ र सहयोग गरिरहेको छन् । तर भारतलाई उक्साउने कोशिस गरिरहेका छैनन् । तर आफ्नो आफ्नो भूभाग अतिक्रमण गर्न भने अनुमति दिंदैनन् ।
चिन दक्षिण पश्चिम सिमामा दृढताका साथ उपस्थित छ र जस्तोसुकै परिस्थितिका सामना गर्न तयार रहेको उल्लेख गर्दै सम्पादकीयले यदि भारतले शान्तीपूर्ण सहअस्तित्वको चाहना गर्दछ भने चिनले स्वागत गर्ने बताउंदै आएको छ । यदि भारत प्रतिस्पर्धामा उत्रिन चाहन्छ भने चिन भारत भन्दा हरेक हिसावले सक्षम रहेको, भारतले यदि सैन्य प्रदर्शन गर्न चाहन्छ भने जनमुक्ति सेनाले सन् १९६८ मा भएको भन्दा बढी क्षति पुर्याउन बाध्य हुने समेत उल्लेख गरेको छ ।


भारत वासिङ्गटनको साथ सहयोगको भ्रममा पर्नु आवश्यक नभएको भन्दै यस्लाई ‘क्वाड’ ढांचा अन्तर्गत सवल र सुदृढ गराउनु आवश्यक छैन भन्दै सम्पादकीय अगाडि भन्दछ– चीन भारत सिमा समस्या दुई देशले समाधान गर्नु पर्दछ । अमेरिकाले भारतलाई मौखिक सहयोग गर्न सक्दछ । कसरी उसले चिनिया भूभाग ओग्टन सहयोग गर्न सक्दछ ? अमेरिकाले चिन र भारत बीचमा झगडा सिर्जना गराई भारतलाई आफ्नो स्वार्थका लागि उपयोग गर्न चहन्छ ।
प्याङ्गोङ्ग तालको टकरावले भारतले गाल्वान उपत्यकाको घटनाबाट पाठ नसिकेको देखिएको भन्दै सम्पादकीयले यो कार्य चिनलाई उक्साउने कामको रुपमा आंैंल्याएको छ । सन् २०१७ को दोक्लाम विवाद पश्चात भारतीय सेनाले चिनलाई निरन्तर उक्साउनका लागि सिमा पार गर्ने गरेको बताउंदै चिन भारत सिमा समस्या लामो समय सम्म रहन सक्ने संकेत गर्दै चिन त्यसका लागि तयार रहनुपर्ने समेत सम्पादकीयले उल्लेख गरेको छ ।
चीन–भारत सिमामा सैन्य संघर्षका लागि तयार रहनु पर्ने भन्दै सम्भव भएसम्म शान्तीपुर्ण बाटोबाट सिमा समस्या समाधान गर्नु पर्ने बताउंदै सम्पादकीयले यदि भारतले चिनको न्युनतम शर्त समेत ख्याल राख्दैन भने चिन आवश्यकता अनुसार कडा रुपमा सैन्य कारवाहीका लागि पनि तयार रहनु पर्ने र आफ्नो विजयलाई सुनिश्चित गर्नु पर्दछ भन्ने सल्लाह दिएको छ ।


चिन भारत भन्दा धेरै गुणा बलियो छ र भारत चिनसंग कुनै पनि हिसावले मुकाविला गर्न सक्दैन भन्दै सम्पादकीयले चिनले अमेरिकी सहयोगमा चिनसंग प्रतिस्पर्धा गर्न सक्दछ भन्ने भ्रम हटाउनु पर्दछ भन्ने ग्लोवल टाइम्सको चेतावनी छ । सम्पादकीयमा अगाडि भपनिएको छ – एसिया र विश्वका इतिहासले हामीलाई बताएको छ कि अवसरवादमा दृढ कुनै शक्ति कमजोर शक्तिलाई धकेल्दछ । तर बलियो संग डराउँदछ र चिन भारत सिमा समस्याका सम्बन्धमा भारत बिशेषखालको अवसरवादी देश हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board