भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार

काठमाडौं, १६ भदौ । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ ।

मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । मष्तिस्कमा जमेको रगत निकाल्ने क्रममा मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसयता दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति