कोरोना खोपको अनुमतिमा हतार नगर्न डब्लुएचओको आग्रह

काठमाडौं, १६ भदौ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार गर्न नहुने बताएको छ। संगठनका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने बताए।

परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिन नहुने उनको भनाइ छ। हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मुल्यांकनको चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति