धरानमा कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

सुनसरी, १६ भाद्र । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको सोमबार राति ८स्४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको थियो ।

डा।सापकोटाका अनुसार मृतकमा ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board