भारतमा थप ६८ हजारमा कोरोना संक्रमण, मृतक संख्या ६५ हजार नाघ्यो


काठमाडौं, १६ भदा । भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहानसम्म ६८ हजार ७७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board