नेकपा अध्यक्ष प्रचण्डद्वारा मुखर्जीको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गरेका छन्।

सोमबार नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि अध्यक्ष प्रचण्डले सामाजिक संजालमा पोष्ट गर्दै दुख व्यक्त गरेका हुन्। उनले भनेका छन् विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९० को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ।

उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ। मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहॉप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु।

पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको खबर उनका छोरा अभिजितले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका थिए। अगष्ट १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि मुखर्जीलाई अस्पताल भर्ना गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति