कोरोनाले ४ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम, १५ भदौ । कोरोना भाईरस संक्रमणका कारण महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको हो ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति