उपत्यकामा निषेधाज्ञामा १२ हजार सवारी साधन कारवाहीमा

काठमाडौं, १५ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो १२ दिनमा निषेधाज्ञा उल्लंघन गर्ने करिब १२ हजार सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । निषेधाज्ञा सुरु भएको भदौ ३ गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

अत्यावश्यक सेवा क्षेत्रबाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए । सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उहाँले बताए ।

जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, दूध, ग्यास, इन्धन लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ । सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भए पनि संक्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board