नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, सात जनाको मृत्यु

काठमाडौं, १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सरकारी तथ्याङ्क अनुसार संक्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार यो अवधिमा विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ।

देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भई घर फर्किएका छन् ।

उपत्यकामा २९८ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक १९० सङ्क्रमित फेला परेका हुन्। ललितपुर ६७ र भक्तपुरमा ४१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। अहिले देशभरि १७,८२२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,१२१ जना घरमै छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। आइतवार सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाण्डू जिल्लाका १९० जना रहेका छन्।

त्यस्तै सर्लाहीमा १०३ र चितवनमा ७१ जनामा सङ्क्रमण भएको छ। देशभरि क्वारन्टीनमा ७,३३७ जना छन्। सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board