भारतका अधिवक्ता भूषणललाई १ रुपिँया जरिवाना !

काठमाडौं, १५ भदौ । अदालत तथा न्यायाधीशहरुको अवहेलनाको मुद्दामा भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलाई १ रुपिँया जरिवाना तिर्न लगाएको छ। भारतीय संचारमाध्यमका अनुसार उनले आगामी सेप्टेम्बर १५ सम्ममा जरिवाना नतिरे ३ महिनाको जेल सजाय हुनेछ।

साथै उनलाई ३ वर्षसम्म मुद्दा लड्न नदिने पनि अदालतको आदेशमा भनिएको छ। भूषणले अदालत र प्रधानन्यायाधीशमाथि गरेको टिप्पणीलाई त्यहाँको अदालतले अभद्र करार गरेको हो। अदालतले उनका भनाइहरु अदालत र न्यायाधीशहरुमाथिको अवहेलना भएको बताएको छ।

अदालतले पहिले यस विषयमा माफी माग्न भनेको थियो। तर उनले माफी नमागेपछि उनलाई सजाय स्वरुप एक रुपिँया तिर्न भनिएको हो। १५ सेप्टेम्बरसम्म जरिवाना नतिरे भूषणलाई ३ महिना जेल सजाय हुनेछ भने उनले ३ वर्ष मुद्दा लड्न पाउनेछैनन् । फैसला सुनाउँदै सर्वोच्च अदालतले अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन नसकिने भए पनि अरुको अधिकारको पनि सम्मान गर्न आवश्यक रहेको बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board