आज निषेधाज्ञाको १२औँ दिन, यस्तो छ राजधानीको अवस्था

काठमाडौं, १५ भदौ । काठमाडौं उपत्यका तीनवटै जिल्लामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेको हो ।

जनजीवन प्रभावित भएपनि सरकारले जारी गरेको निषेधाज्ञाको पुर्ण पालना गरी घरभित्रै बसेका छन् । सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो । निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।

स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी, विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा आएका छन् भने उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देख्न सकिन्छ । विहानको समयमा अत्यावस्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । मानिसहरु अफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । तर दिउँसो र साँझको समयमा भने कुनैपनि पसलहरु खलेको देखिदैन । उपत्यकाका भित्रि सडक पनि सुनसान देखिन्छन् ।

उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् । प्रहरीले मुल सडकका मुख्यमुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक बाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ । उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board