कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया

धरान, १५ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी युनिटले जोखिम मोलेर परीक्षणबिनै एक कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । प्रोस्टेटको समस्यासँग जुधिरहेको मोरङका ७८ वर्षीय बृद्धको कोरोना परीक्षण नहुँदै बीपी प्रतिष्ठानमा इमर्जेन्सी शल्यक्रिया गरिएको हो ।

विराटनगरको एक अस्पतालमा दुई साताअघि गरिएको शल्यक्रिया सफल नभएकाले मूत्रथैलीमा रगत जम्ने समस्याले पीडित भएका बृद्ध भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । पिसाब बन्द हुँदा अत्याधिक दुखाइले छटपटिएका बृद्धको जाँच गर्दा मूत्रथैलीमा रगत जमेको देखिएपछि आकस्मिक शल्यक्रिया गरिएको हो ।

पीसीआर परीक्षण गरेर रिपोर्ट पर्खिंदा बृद्धको जीवन तलमाथि हुने खतरा देखिएपछि युरोलोजी युनिटका सिंहले तत्काल शल्यक्रिया गर्ने निर्णय गरेका थिए । शल्यक्रियापछि विरामीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । पूर्ण सतर्कता अपनाएर स्वास्थ्यकर्मीले काम गरेमा कोभिड संक्रमित बिरामीको उपचार पनि सहज रूपमा गर्न सकिने डा. सिंहले बताए ।

बिरामीमा कोरोना पोजिटिभ देखिएपछि संक्रमणको आशंकाले स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको थियो । पाँच दिनपछि आइतबार उनीहरूको पीसीआर जाँच हुँदा सबैको रिपोर्ट भने नेगेटिभ आएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board