अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या

अफगानिस्तान,१५ भदौ । अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ ।

सो जिल्लाका गभर्नर आयु ओमार आमरीले सर्वसाधारण नागरिकको हत्या गर्ने उद्देश्यले उक्त जिल्लाको सार्वजनिक सडकमा बम राखिएको र त्यसमा परी दुईजनाको ज्यान गएको पुष्टि गरे । सो बम यहाँका तालिबानीहरुले राखेको पनि उनले अनुमान गरे ।

पछिल्ला केही दिनहरुमा अफगानिस्तानमा सुरक्षाको अवस्था झन् नाजुक भएको छ । अफगानिस्तानको सरकारले त्यहाँका तालिबानहरुसँग वार्ता गर्ने तयारी भएको भनिए पनि यहाँ हत्या हिंसाको कार्य भने रोकिएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board