कपिलवस्तुमा आइसोलेशनको शुभारम्भ

कपिलवस्तु, १५ भदौ । शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताए ।

नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएकोे बताए । यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिए ।

सुविधासहितको आइसोलेसन सेन्टर शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board