‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई सतर्क रहन बताएको एक मन्त्रीले बताए । उनले भने, प्रधानमन्त्री ओलीले ‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर, सतर्क भएर गर्नोस्’ भनेका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिए ।

गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तर, आइतबारको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडा भने उपस्थित भएनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board