कोरोना खोप बनाउन पहिलो हुने दौडमा ‘फोहोरी खेल’ भइरहेको छ: विज्ञ


काठमाडौं, १५ भदौ । विज्ञहरुले कोरोना भाइरसको खोप विकास गर्न पहिलो हुने दौडमा “चोर बाटो” र (फोहोरी खेल) भइरहेको आरोप लगाएका छन् ।

कोभिड–१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक भएकोले यसको श्रेय लिन शक्ति राष्ट्रहरु लागिपरेका विज्ञले बताएका छन् । यो क्रममा शक्ति राष्ट्रहरु चोर बाटो प्रयोग गर्ने, राजनीतिक विषय बनाउने, सूचना चोरी तथा ह्याक गरेको जस्ता आरोप प्रत्यारोप गर्ने जस्ता काम भइरहेको अमेरिकामा रहेको ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टिनले बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिले खोप विकास गर्ने दौडमा ६ वटाभन्दा धेरै कम्पनी तेस्रो तहको परीक्षणको अन्त्यतिर छन् । त्यसमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी–अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् ।

रुसले आफुले विकास गर्न लागेको खोपको सर्वाधिकार दर्ता नै गरिसकेको छ । चीनले पनि खोपको सर्वाधिकार प्रदान गरेको छ । अध्ययनको तथ्याङ्क प्रकाशन नगरिकनै र व्यापक परीक्षण विना रुसले खोप दर्ता गरेको भन्दै पश्चिमा देशमा आलोचना भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ तारिखमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गर्दै खोप राष्ट्रवाद रोक्नुपर्ने बताउनुभएको थियो । तर अहिले शक्ति राष्ट्रहरुले यसलाई राष्ट्रवादको विषय बनाएकोले यसरी बनाइएका खोपको सुरक्षित अवस्थाबारे शङ्का रहने विज्ञहरुले बताएका छन् ।

खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्छ। खोप विकास गर्न लागिपरेका सबैले गति तीव्र पार्न खोजिरहेका छन् तर रुसले खोप दर्ता नै गरिसकेको अवस्थामा चोरबाटो रोजेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। जुलाईमा यूके, अमेरिका र क्यानडाले रुसी जासुसहरूले खोप विकासबारे सूचना ह्याक गरेको आरोप लगाएका थिए तर रुसले त्यसको खण्डन गरेको थियो।

त्यसको अर्को हप्ता अमेरिकाले चिनियाँ ह्याकरहरूले पनि त्यस्तै प्रयास गरेको आरोप लगाएका थिए। चीनले पनि त्यो आरोपको खण्डन गरेको छ। छोटो बाटो पक्कै पनि लिइएको छ। विशेषगरी रुसको हकमा,” काउन्सिल अन फरेन रिलेसन्सको ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमस बोलीकीले भने।

“खोप विकास गर्न गाह्रो छैन। त्यो सुरक्षित र प्रभावकारी छ भन्ने कुरा प्रमाणित गर्न गाह्रो छ। र विकास गर्न मात्रै आतुर देश छन् भने चोरबाटो रोज्न सक्छन्।”अध्ययनको तथ्याङ्क प्रकाशन नगरीकनै र व्यापक परीक्षणबिना रुसले स्पुत्निक दर्ता गरेका कारण पश्चिमा मुलुकमा आलोचना भइरहेको छ।

प्राध्यापक लरेन्स जस्टीन
तस्बिरको क्याप्शन,प्राध्यापक लरेन्स जस्टीन

ह्वाइट हाउसका एक सदस्य तथा सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले रुसमा विकास भइरहेको खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुरामा आफ्नो “गम्भीर आशङ्का” रहेको बताएका छन्।

तर मस्कोले भने त्यस्तो चिन्तालाई “ईर्ष्या” भन्दै बेवास्ता गरेको छ।

रुस अनि चीनमा उक्त खोप सैन्य बलमा परीक्षण गरिने योजनाले नैतिक चिन्ता बढाएको छ किनकि सैन्य अधिकारीहरूले त्यसका लागि उचित सहमति दिनसक्ने अवस्था नहुन सक्छ।

विरोधीका लागि बल

खोपको अभूतपूर्व रूपमा माग भइरहेका बेला केही सहज अनि तीव्र रूपमा विकास अपेक्षित छैन र?

पूर्ण परीक्षण नगरीकनै खोप सार्वजनिक गर्दा सर्वसाधारणहरू बढी नै ढुक्क हुनसक्छन् र त्यसले कोरोनाभाइरस सङ्क्रमण झन् फैलाउन सक्छ।

त्यस्तै कुनै नराम्रो असर देखिए त्यसले खोपविरोधी अभियानलाई बल पुर्‍याउन सक्छ।

डोनल्ड ट्रम्प

निर्वाचन हुने वर्ष भएका कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासन अत्यधिक दबावमा छ।

यूकेमा आलोचना खेपिरहेको बोरिस जोनसन नेतृत्वको सरकारलाई पनि खोप विकासले बल दिने छ।

‘खोप राष्ट्रवाद’

“पश्चिमा राष्ट्रमा निश्चय पनि खोप राष्ट्रवाद छ। अमेरिका र यूकेमा पहिलो चरणमा उत्पादन भएका खोप आफ्नो नियन्त्रणमा लिने पहल भइरहेका छन्,” बोलीकीले भने।

राष्ट्रवाद कोरोनाभाइरस अघि पनि बढिरहेको नै थियो। तर यो रोगले राष्ट्रवादी शक्तिलाई झन् बलियो बनाइदिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ मा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गरेका थिए।”हामीले खोप राष्ट्रवाद रोक्नुपर्छ,” उनले भने।बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति