विश्वभर कोरोनाबाट दुई करोड ५० लाखभन्दा बढी संक्रमित

मेरिल्याण्ड, १४ भदौ । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो । कुल सङ्क्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ । त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board