सुन्धारा कारागारका ३५ कैदीमा कोरोना संक्रमण

काठमाडौं, १४ भदौ । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीले तीन दिनअघि स्वाब संकलन गरिएको थियो । ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको जेलर लक्ष्मी बाँस्कोटाले बताए ।

संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच गरिरहेका छन्। लक्षणयुक्त संक्रमितलाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसन पठाउने तयारी भइरहेको बाँस्कोटाले बताए । उनका अनुसार यसअघि सुन्धारा कारागारमा १५ जनामा कोरोना पुष्टि भइसकेको छ। ज्वरो आउने र रुघाखोकीको समस्या देखिएपछि जेलमा स्वाब संक्लन थालिएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board