नेपालमा एकैदिन १२२१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, १४ भदौ । नेपालमा बितेको २४ घण्टामा देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी संक्रमित दर हो । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थय मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म २० हजार ८ सय २२ जना निको भएर घर गईसकेका छन् ।

काठमाडौंमा सर्वाधिक संक्रमित थपिए
आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

मृत्यु हुनेको संख्या कति पुग्यो ?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको बताए । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।

अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

त्यस्तै, विगत २४ घण्टाको अवधिमा १२,७१७ वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ७,७९७ जना छन्। सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २१७ जना भेन्टिलेटरमा छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board