कोरोना परीक्षण शुल्क घट्यो, यस्तो छ निशुल्क परीक्षण गर्ने मापदण्ड

काठमाडौं, १४ भदौ । कोरोना भाईरस (कोभिड-१९) को शुल्क लिएर परीक्षण गर्न ११ वटा निजी अस्पताललाई अनुमति दिइएको छ। त्यस्तै उपत्यकाका तीनवटा र अन्य छवटा प्रदेशमा छवटा सरकारी अस्पतालमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिनेछ ।

अब अधिकतम कुल ४,४०० रुपैयाँ लिएर परीक्षण गर्नुपर्नेछ। यसअघि ५,५०० रुपैयाँमा सेवा शुल्क थप गरी लिन पाउने व्यवस्था थियो। तीन प्रकारका व्यक्तिबाहेक अन्य व्यक्तिले परीक्षण गराउन चाहेमा शुल्क तिर्नुपर्ने छ । परीक्षणको व्यवस्था परिमार्जन गरिएसँगै शुल्क पनि घटाइएको सहप्रवक्ता डा. अधिकारीकको भनाई छ ।

परीक्षणको अनुमति प्राप्त निजी र सरकारी दुवैथरी अस्पतालमा घटाइएको शुल्क तिरेर परीक्षण गराउन सकिने छ। सहप्रवक्ता डा. अधिकारीले निर्धारण गरिएको नयाँ शुल्कभन्दा धेरै कसैले पनि लिन नपाउने मन्त्रालयको निर्णय रहेको बताए । उक्त निर्णय आइतवारदेखि नै लागु भएको उनको भनाई छ ।

तीनवटा मापदण्डका आधार
अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको जनाईएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निशुल्क परीक्षण गर्ने निर्णय भएको हो । अन्य व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्नेछन्। सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले आशङ्काकै भरमा परीक्षण गराउन खोज्ने र भनसुन बढी हुने गरेका खबरबीच मन्त्रालयले नयाँ निर्णय लिएको हो।

डा. अधिकारीको भन्छन्, ‘परीक्षणले दिने प्रतिफल र त्यसमा लाग्ने लागतलाई पनि हेर्नुपर्ने भएकाले यसअघि उदार भएर गरिँदै आएको परीक्षण व्यवस्थालाई समयसापेक्ष बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board