कालिकोट, १४ भदौ । कालिकोटमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका-१ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा तीन जना बेपत्ता रहेका छन् । स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुम प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाको भनाई छ । पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो।
उनीहरूको शव दिउँसो भेटिएको डिएसपी हो। पहिरोमा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको प्ररीले जनाएको छ । उद्धार गरिएकाहरूको उपचार जुम्लामा भइरहेको छ। बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको छ ।
COMMENTS