प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, १४ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४।३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना सङ्क्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board