काठमाडौं, १४ भदौ । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ । उनीहरुको एकै दिन मृत्यु भएको हो । आमाको बिहान ८ : ३० र छोराको ७ः ४५ बजे मृत्यु भएको बी.पी.कोइराला स्वास्थ्य प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि थियो ।
COMMENTS