किन कुनै स्थानमा प्रजातन्त्र मौलाउँछ ? तर अन्यत्र सक्दैन ?

प्रजातन्त्रका बारेमा दुई साझा मान्यता रहेका छन् । यो एथेन्सबाट सुरु भयो र अन्य स्थानमा बिस्तार भयो र बिशेषगरी पश्चिममा रहन पुग्यो । तर यी मान्यतालाई न्युयोर्क विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डेभिड स्तासाभेग भने यी दुबै मान्यता त्रुटिपूर्ण रहेको दावा गर्दछन् । ती मान्यता बिना वर्तमान लोकतन्त्रका लागि राम्रो परिप्रेक्ष तथा सन्तुलनमा आशा तथा डर प्राप्त गर्न सहज रहने प्राध्यापक स्तासाभेगको भनाई छ ।

परामर्श र सहमतिबाट चल्ने पद्धति, सरकारका रुपमा मानिने लोकतन्त्र शास्त्रीय युनानमा मात्र नभई प्राचिन मेसोपोटामिया, बौद्धमार्गी भारत, अमेरिकाका ठूला तालहरुको बरिपरि रहेका आदिवासी भूमिहरु र विजय पूर्वको मेसो अमेरिका तथा उपनिवेश पूर्वको अफ्रिका लगायतका धेरै प्राचिन सभ्यताहरुमा पाउन सकिने स्तासाभेगको दावी छ ।

प्रजातन्त्र सम्बन्धि यो विचार मष्तिष्कमा छाएपछि स्तासाभेग अगाडि भन्दछन् कि दिइएका शर्तका अधिनमा रहि लोकतान्त्रिक शासन स्वाभाविकरुपले मानवमा जागृत हुन पुग्दछ । छक्कलाग्दो कुरा त के भने निरंकुश शासन पनि त्यो बेला स्वाभाविकै थियो । यस्तो शासन प्रणाली पनि धेरै स्थानमा स्थापित भएको पाइएको बताउँदै प्राध्यापक स्तासाभेगले पूर्व आधुनिक चीन तथा ईश्लामीक दुनियाँमा सताव्दीऔंदेखि यो निरंकुश शासन प्रणालीसंगै केन्द्रिकृत नोकरशाहीको एक आदर्शका रुपमा रहेको बताएका छन् ।

किन प्रजातन्त्र स्थान बिशेषमा मात्र स्थापित यो त भन्ने प्रश्नको उत्तरमा स्तासाभेगले त्यसका पछाडि पुरातत्व, माटो बिज्ञान, जनसंख्या तथा जलवायु परिवर्तन जस्ता क्षेत्रहरुलाई आधारकारुपमा अगाडि सारेका छन् । यस्को कुञ्जी भने सूचना नै थियो भन्दछन् उनी । आफ्ना नागरिकहरुले के उत्पादन गरिरहेका छन् र कति उत्पादन गरिरहेका छन् भन्ने जानकारी कसरी पाउन सकिन्छ भन्ने थोरै जानकारी भएका शासकहरुका राज्यहरुमा प्रारम्भिक लोकतन्त्र फस्टिएकोे विश्लेषण गर्दै स्तासाभेगले त्यस्ता शासकहरुले करयोग्य उत्पादनमा सम्बन्धमा कम कर लगाउने तथा कर नर्तिनेहरुलाई उक्साउनका लागि अधिक करको व्यवस्था गर्ने गरेको बाउंदछन् ।

यस्का लागि त यिनिहरुले प्रत्यक्षरुपमा आफ्ना जनताहरुले के कति बस्तुहरु उत्पादन गरिरहेका छन् र उनिहरुका मागहरु के छन् भन्ने सम्बन्धमा आफैंले जानकारी लिन राम्रो हुन्थ्यो । यस्तो खालको व्यवस्था भने कम जनसंख्या भएका र केन्द्रीय राज्य नभएका कमजोर राज्यहरुमा नमुनाका रुपमा रहन सक्ने बताउंदछन् ।

जनसंख्याको आकार ठूलो भएका स्थानहरुमा छलफल गराउनु अव्यवहारिक थियो भन्दै त्यस्ता राज्यका शासकहरुले आफ्ना अधिकृतहरुलाई खटाइ जनताहरुले के कति उत्पादन गरेका छन् र कति युवाहरु सैन्य सेवामा संलग्न हुन सक्दछन् भन्ने विवरण उपलब्ध गराउन निर्देशन दिने गरेको र त्यही समयदेखि नोकरशाहीतन्त्रको सुरुवात भएको स्तासाभेगले बताउंदछन् ।

तिनै नोकरशाहीतन्त्रको सहयोगमा शासकहरुले स्थानीय करहरुमा पनि निरंकुशतन्त्र लागू गरे भन्दै स्तासाभेगले पूर्व आधुनिक परिवेशमा यो निरंकुशतन्त्र उर्वर जमिन भएका, उच्चतम उत्पादन दिन सक्ने र प्रविधि प्रयोग गर्न सक्ने राज्यहरुलाई अधिकतम कर लगाउन सक्षम रहेको बताउँदछन् । १० देखि १३ औं शताव्दीमा सङ्गचीन तथा ८ देखि १३ आंै शताब्दीमा अब्बासीद, कालफिइटले क्रमश १० प्रतिशत र ७ प्रतिशत वार्षिक उत्पादन कर असुली गर्न सफल रहेको स्तासाभेगले उल्लेख गरेका छन् ।

स्तासाभेगका अनुसार एक पटक नोकरशाहीतन्त्र स्थापना भै सकेपछि भत्काउन कठिन थियो र तिनिहरुले आधुनिकता र प्रविधिको राम्रोसंग प्रयोग गरे । यस्को विपरित प्रारम्भिक लोकतन्त्र उल्लेख्यरुपमा । यद्यपि आधुनिक राज्यहरुको उदय र आर्थिक विकाश कमजोर भने थिएनन् । कुनै स्थानमा नोकरशाहीेतन्त्र तदनअनुसार लोप भयो भने अन्य स्थानमा जिवितै रहयो । अर्को शव्दमा आधुनिकता र केन्द्रीय राज्यले या त निरंकुशता वा लोकतन्त्रलाई अनुमति दियो ।

के नोकरशाहीतन्त्रको एउटा ढाँचा थियो के त भन्ने प्रश्नमा स्तासाभेगले त्यस्तो बिशेष ढांचा भएको बताउंदै त्यसलाई अनुक्रम मिलाउने काम भन्दछन् । उनी लेख्दछन् यदि प्रारम्भिक लोकतान्त्रिक संस्थाहरु सहमतिमा स्थापना भए भने निरंकुशता विनाको नोकरशाहीतन्त्रको स्थापना सम्भव रहेको बताउंदछन् । तर यो भदा पहिले के भएको थियो भन्ने कुरामा धेरै भर पर्दछ ।

पहिलो प्रस्तावकलाई फाईदा
अनौठो हिसावले यो तर्कका लागि पश्चिमा विश्वकै एउटा यस्तो हिस्सा हो जहाँ सानो आकारका प्रारम्भिक लोकतन्त्रका प्रतिनिधि लोकतान्त्रिक राज्यहरु मध्यकै सबै भन्दा सुरक्षित रुपले विकसित भएको छ । त्यसो भए लोकतन्त्र पश्चिमी बन्दैन त भने प्रश्नमा स्तासाभेगले लोकतन्त्रका १९ औं शताव्दी, १९ औ सताव्दी पछि र १९८८ पछिको गरी ३ लहरहरु भएको उल्लेख गरेका छन् । र पश्चिमी लोकतन्त्र पहिलो स्थानमा रहेको दावी गर्दछन् ।

यस्को प्रारम्भिक तडक भडकको अन्त्यका वावजुद राम्रो काम गरिरहेको बताउंदै यस्मा उदारवादी दृष्टिकोण, आदरभाव, सम्पत्ति तथा उद्योग धन्धाका उपहार जस्ता गुणहरुले गर्दा यो लोकतन्त्र अतित र भविष्यको भाग्यसंगै पश्चिमा लोकतन्त्रसंग जोडिएको दावा गर्दछन् । पूर्व आधुनिक युरोपमा केही अपवाद बाहेक प्रभावशाली नोकरशाही तन्त्रको बीचको लोकतान्त्रिक परम्परा र कमजोर शासकहरु थिए । जहाँ यो किसिमको लोकतन्त्र हुन्छ, त्यसलाइ नरंकुशताले पनि बढार्न सक्दैन । किनकी त्यहां सहमतिय सरकारले गहिरो छाप छोडद्छ भन्दछन् उनी । उनीले यी सबै पस्थितिलाई सहनु पर्दछ भन्दै अपेक्षा गर्नुमा पनि राम्रा कारणहरु हुन सदछन् भन्ने दावा स्तासाभेगको छ ।

यो निष्कर्ष बौद्धिक श्रमका लागि मात्र सानो उपज हो भन्ने लाग्न सक्दछ । तर साहसिक कठोरता लोकतन्त्रका लागि उत्थान र पतनको गुण बन्न सक्दछ, जुन विश्वमै वहसको बिषय बनेको छ । यस्ले शासक र शासितका बिचमा राजनैतिक सौदावाजीका रुजमा आर्थिक दृष्टिकोण लिन्छ । यस्को सबै भन्दा ठूलो शिक्षा नकारात्मकता हो जसले लोकतान्त्रिक ढाँचालाई अति जटिल र प्रमाणका आधारमा बिगत र सम्भावनालाई धेरै सरल बनाइदिएको छ ।

स्तासाभेगको पुस्तक The Decline and Rise of Democracy: A Global History from Antiquity to Today मा आधारित लेखमा आधारित

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board