भारतको स्थिति भयावह : एकैदिन ७८ हजार बढीमा कोरोना संक्रमण


काठमाडौं, १४ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

छिमेकि मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board