‘होम डेलिभरी’ सेवामा रोक नलगाउन आग्रह

काठमाडौं १३ भदौ । विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ । सो दलका उपाध्यक्ष अजिता राईले आज प्रेविज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ ।

हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गरे हो । धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ । सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board