एयर अरेबियाविरूद्ध उजुरी : कोरोना चेक नभएका यात्रु ल्याएको आरोप

काठमाडौ, १३ भदौ । सरकारको निर्णयविपरीत यात्रु ल्याएको भन्दै एयर अरेबियाविरूद्ध संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन का लागि चार्टर्ड उडान अनुमति दिने निर्णय गरेपछि २५ अगष्टमा युएईको सारजाहबाट आएको अरेबियाको जहाजले पिसिआर परीक्षण रिपोर्ट नभएका यात्रु पनि ल्याएको थियो।

सरकारले पिसिआर परीक्षण सम्भव भएका मुलुकबाट उडान गर्दा अनिवार्य पिसिआर गरेकामात्र ल्याउनुपर्ने यदि रिपोर्ट नभएका यात्रु ल्याएमा एयरलाइन्सलाई कारबाही गर्ने निर्णय गरेको थियो। अरेबियाको उक्त विषयमा छानबिन गर्न मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा एक छानविन समिति बनाएको छ। उक्त समितिमा नागरिक उड्डन प्राधिकरणका प्रबन्धक हिराजन काफ्ले र मन्त्रालयका एटिसी अधिकृत मुकेश डंगोल सदस्य छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति