रहेनन् ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान

अमेरिका,१३ भदौ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि सामाना गदै आएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात रहेका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरे। उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति