पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणतर्फ, सेप्टेम्बर १५ देखि स्कुल, कलेज खुल्ने

काठमाडौं, १३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिए ।

पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिए । कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा पनि छलफल भएको छ । पाकिस्तानका योजना मन्त्री असद उमरले छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको बताभए पनि सञ्चारमाध्यमले जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board